सेयरबजारमा आज साढे ३ अर्ब बढीको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा रोकिएको दिन ३ अर्ब ६७ करोडको कारोबार भएको हो।
यस दिन १ करोड कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।
जसमा ८२ वटा सेयरको मूल्य बढ्दा १८० वटाको घटेको र १४ वटाको स्थिर रहेको छ।
बढेका सेयरहरुमा अधिकतम ८.४७ प्रतिशतसम्मको बढावट र घटेका सेयरहरुमा ९.७० प्रतिशतसम्मको गिरावट देखिएको छ।
सोमबार ४६ करोडसम्मको अधिकतम कारोबार भएको छ। यस दिन जलविद्युत्, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह बढे पनि बाँकी घटेका छन्।






