FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाली सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। दिनभरको उतारचढावपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७९ अंकले वृद्धि हुँदै २६४१.८५ विन्दुमा पुगेको हो।

बजारमा मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबार अवधिमा ९५ करोडभन्दा बढी कित्ता सेयर खरिद/बिक्री भएका छन्।

आजको कारोबारमा १३३ कम्पनीका सेयर मूल्य बढेका छन्। तीमध्ये केही कम्पनीको सेयर मूल्य अधिकतम १४.९९ प्रतिशतसम्म उकालो लागेको छ। यता १२२ कम्पनीको सेयर मूल्य घटेको छ भने तीमध्ये अधिकतम १४.९१ प्रतिशतसम्मको गिरावट देखिएको छ। २० कम्पनीको सेयर मूल्य भने अघिल्लो कारोबार दिनकै स्तरमा कायम रह्यो।

कारोबार रकमका आधारमा मंगलबार कुनै एक कम्पनीको सेयरमा करिब ४४ करोड रुपैयाँसम्मको कारोबार भएको छ।

उपसमूहतर्फ भने मिश्रित प्रदर्शन देखिएको छ। वाणिज्य बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य समूहको सूचक बढेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय