FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ साउन, काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ ।

२० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ । साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो । अर्थात् एक महिनामै औसत अधिकतम दर ०।०३१५ प्रतिशतविन्दुले घटेको हो ।

संस्थागत निक्षेपमा पनि ब्याजदर घटेको छ । साउनमा औसत ३.११६ प्रतिशत रहेको संस्थागत निक्षेपको अधिकतम दर भदौमा ३.०८१ प्रतिशतमा झरेको छ । यसले बैंकहरूबीच निक्षेप तान्नभन्दा उपलब्ध स्रोतको लागत कम गर्ने प्रतिस्पर्धा बढेको संकेत गर्छ ।

सिद्धार्थको सबैभन्दा ठूलो कटौती

भदौमा ब्याजदर घटाउने पाँच बैंकमध्ये सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा ठूलो कटौती गरेको छ । बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशतविन्दुले दर घटाएर ३.७६ प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपमा पनि ०.२० प्रतिशतविन्दु घटाउँदै ३.०५ प्रतिशतमा झारेको छ ।

नेपाल बैंकले व्यक्तिगत निक्षेपको दर ०.१० प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपमा भने ०।५० प्रतिशतविन्दुको ठूलो कटौती गर्दै ३।५० प्रतिशतमा सीमित गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएर ३.८५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३।७६ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३।८० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

१५ बैंकले पुरानै ब्याजदरलाई दिए निरन्तरता

भदौमा ब्याजदर परिवर्तन नगर्ने बैंकको संख्या भने १५ रहेको छ। नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गर्दै उच्च दरको सूचीमा छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमईलगायत बैंकले पनि साउनमा कायम गरेको दरलाई नै भदौमा निरन्तरता दिएका छन् ।

बैंकिङ प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि कर्जाको माग सोही अनुपातमा बढ्न सकेको छैन । फलस्वरूप बैंकहरूमा निक्षेप बढ्दै जाने तर कर्जा विस्तार अपेक्षाकृत सुस्त रहने अवस्था छ । यस्तो अवस्थामा निक्षेपका लागि बढी ब्याज तिर्नुभन्दा लागत घटाउने रणनीति बैंकहरूले अपनाएका हुन् ।

बैंकिङ प्रणालीमा तरलता सहज रहने अवस्था कायम रहेमा आगामी महिनाहरूमा पनि निक्षेपको ब्याजदरमा ठूलो वृद्धि हुने सम्भावना कमजोर देखिन्छ । यसले निक्षेपकर्ताको प्रतिफलमा दबाब सिर्जना गरे पनि अर्कोतर्फ बैंकहरूको स्रोत लागत घटाएर कर्जाको ब्याजदरलाई थप प्रतिस्पर्धी बनाउने आधार तयार गर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय