FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ साउन, काठमाडौं । नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।

संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नविनले सहमति सकारात्मक भए पनि सरकारले कार्यान्वयन नगर्दासम्म ढुक्क हुननसक्ने अवस्था रहेको धारणा राखे । अध्यक्ष नविनले उच्चस्तरीय शक्तिशाली छानविन समिति मार्फत लुघुवित्त तथा सम्पूर्ण वित्तीय पीडितहरुलाई न्याय दिन सरकारसँग जोडदार माग गरेका छन् । नविनले नेपालका राजनीतिक दलहरु पीडितहरुप्रति जीम्मेवार नहुँदा मात्रै नभएर त्यसमा चलखेल गर्दा वित्तीय समस्याले विकराल रुप लिएको समेत आरोप लगाए ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष रमेश सेन्चुरीले सरकारसँग साउन २८ गते भएको ७ बुँदे सम्झौता न्यायका लागि सकारात्मक सहमति भएको जनाए । सेन्चुरीले सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न पनि माग गरे ।

सहमाति कार्यान्वयन नहुनजेल सडक नछाड्ने पनि बताउँदै भने, ‘विगतमा पनि यस्ता सहमतिहरु धेरैपटक भएको तर कार्यान्वयन नभएकोलो यसमा पनि संका गर्ने ठाउँछ, आशा छ यो पटक त्यस्तो हुनेछैन,’ सेन्चुरीले भने ।

इन्चार्ज सुरेश घिमिरेले देशभरका ६० लाख पीडितहरु एकजुट भएर आन्दोलनलाई पश्चगमन, दक्षिणपन्थी र अवसरवादी समुहविरुद्ध लड्नुपर्ने धारणा राखे ।

महासचिव दामोदर ढकालले सरकारले सहमति कार्यान्वयन नगरे थप सशक्त पर्ने बताउँदै भने, ‘यो वर्गिय मुद्धा भएकोले आन्दोलन स्थगन मात्रै गरेको हो अन्त्य गरेको हैन ।’

सचिव होम बहादुर खड्काले ५ वर्षदेखि चलिरहेको निरन्तर आन्दोलनमाथि घात गर्ने कसैलाई नछाड्ने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय