नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, गत सोमबारको तुलनामा पनि सुनको मूल्य बढेको छ । गत सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि सोमबार बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ७ सय ७० रुपैयाँ पुगेको छ ।
गत सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।






