FLASH NEWS
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा । लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति । नेप्सेमा १५ अंकको सुधार, ५ अर्ब ५५ करोडको कारोबार । ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस ।

साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १९ दशमलव ३४ अंकले घटेर २ हजार ६२२ दशमलव ४८ विन्दुमा झरेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५५ अंकले घटेर ४६१ दशमलव ०९ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक १ दशमलव ३० अंकले घटेर १७९ दशमलव ९७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ८८ अंकले घटेर १५५ दशमलव ७६ विन्दुमा कायम भएको छ।

आज कुल १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ पुगेको छ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

आज ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१८ कम्पनीको सेयर मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

आज सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।

त्यस्तै, सगरमाथा जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले बढी गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय