२८ भदौ, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा ६० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४८।७८ अमेरिकी डलर र चाँदी ६४।४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






