FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर स्थिर राखे पनि व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा घटेको छ ।

असोजका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतमा झरेको छन् । भदौमा यस्तो औसत दर ४.१३६ प्रतिशत थियो । यस्तै संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट घटेर असोजमा ३.०६६५ प्रतिशतमा सीमित भएको छ ।

बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा बढी ब्याज प्रभु बैंकले ४.५५ प्रतिशत दिने भएको छ । सानिमा, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४।५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

नेपाल बैंक र कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन् ।

नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ । भदौमा बैंकले ४.५५ प्रतिशत ब्याज दिएको थियो । एभरेस्ट बैंकले पनि व्यक्तिगत निक्षेपको दर घटाएर ३.५० प्रतिशतमा झारेको छ । भदौमा उक्त दर ४.०५ प्रतिशत थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ३.७५ प्रतिशतमा झारेको छ । भदौमा .८ प्रतिशत थियो । कुमारी बैंकले पनि यस्तो ब्याजदर ३।७६ प्रतिशतबाट घटाएर ३.७३ प्रतिशतमा ल्याएको छ ।

संस्थागत मुद्दति निक्षेपतर्फ सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंक, सानिमा, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतले २.७५ देखि ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

बैंकहरूले असोजमा व्यक्तिगत निक्षेपको ब्याजदरमा गरेको कटौतीले बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जाको माग कमजोर रहेको संकेत गर्छ । कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । यस्तो अवस्थामा निक्षेप तान्न ब्याजदर बढाउने प्रतिस्पर्धा कमजोर भएको देखिन्छ ।

असोजमा धेरै बैंकले ब्याजदर स्थिर राखेका छन् भने केहीले व्यक्तिगत मुद्दति निक्षेपको दर घटाएका छन् । संस्थागत निक्षेपको दरमा भने तुलनात्मक रूपमा कम परिवर्तन भएको छ ।

बैंकहरूले हरेक महिनाको सुरुवातअघि मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन् । असोजका लागि सार्वजनिक दरअनुसार व्यक्तिगत निक्षेपमा बैंकअनुसार ब्याजदरमा अन्तर देखिए पनि समग्र औसत दर भने घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय