२ असोज, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३६ सयले बढेको छ । चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३६६।२१ अमेरिकी डलर र चाँदी ६६।१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






