६ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय कायम भएको छ ।
अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४२.२२ अमेरिकी डलर र चाँदी ६६.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






