९ असोज, काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। बिहीबार ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ६ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






