१५ असाेज, काठमाडौं । एप्पलले हालै सार्वजनिक गरेका आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स नेपाली बजारमा बिहीबारदेखि आधिकारिक रूपमा बिक्री हुने भएका छन्।
एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनेरेसन नेक्स्टले दुवै नयाँ फ्ल्यागसिप मोडल नेपाल भित्र्याएको हो। एप्पलले यी मोडल गत ९ सेप्टेम्बरमा विश्व बजारमा सार्वजनिक गरेको थियो भने प्रमुख अन्तर्राष्ट्रिय बजारमा सेप्टेम्बर १८ देखि बिक्री सुरु भएको थियो।
नेपालमा एप्पलका आधिकारिक रिसेलर ईभो स्टोर र ओलिज स्टोरले विभिन्न स्टोरेज भेरियन्टको मूल्य सार्वजनिक गरेका छन्। सार्वजनिक मूल्यमा सरकारी कर तथा अन्य दस्तुर समावेश गरिएको जनाइएको छ।
आईफोन १८ प्रोको २५६ जीबी भेरियन्टको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ। ५१२ जीबीको ३ लाख १ हजार ९०० रुपैयाँ, १ टेराबाइटको ३ लाख ८६ हजार ९०० रुपैयाँ र २ टेराबाइटको ५ लाख १३ हजार ९०० रुपैयाँ पर्नेछ।
त्यस्तै, आईफोन १८ प्रो म्याक्सको २५६ जीबी भेरियन्टको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ, ५१२ जीबीको ३ लाख २२ हजार ९०० रुपैयाँ, १ टेराबाइटको ४ लाख ७ हजार ९०० रुपैयाँ र २ टेराबाइटको ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ।
नयाँ आईफोनमा एप्पलको २ नानोमिटर प्रविधिमा आधारित ए२० प्रो चिपसेट प्रयोग गरिएको छ। यसले कार्यसम्पादन तथा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ।
क्यामेरा प्रणालीमा तीनवटै ४८ मेगापिक्सेलका सेन्सर राखिएका छन्। मुख्य क्यामेरामा प्रकाश र डेप्थअनुसार तस्बिरको गुणस्तर सुधार गर्न ‘भेरिएबल एपर्चर’ सुविधा दिइएको छ।
आईफोन १८ प्रोमा ६.३ इन्च र प्रो म्याक्समा ६.९ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले छ। दुवैमा १२० हर्जसम्मको प्रमोसन र अलवेज–अन डिस्प्ले सुविधा रहेको जनाइएको छ।
कम्पनीका अनुसार भिडियो प्लेब्याकमा आईफोन १८ प्रोले ३६ घण्टासम्म र प्रो म्याक्सले ४५ घण्टासम्म ब्याट्री ब्याकअप दिनेछ। दुवै मोडल आईओएस २७ मा चल्नेछन् र ब्ल्याक, सिल्भर, ग्लेसियर तथा बर्गन्डी रंगमा उपलब्ध हुनेछन्।
यसैबीच, एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ पनि नेपाली बजारमा ल्याउने तयारी भइरहेको जनाइएको






