FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१५ असोज, कास्की । भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी-२० पुरुष क्रिकेटको अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)-११ सँग पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा भुटानी टोलीलाई क्यान-११ ले १३ रनले पराजित गरेको हो ।

आइसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि नेपाल भ्रमणमा भुटानी टोलीले पोखरामा यसअघि दुई वटा अभ्यास खेल खेलिसकेको छ । घरेलु टोली गण्डकीसँगका दुवै खेलमा भुटानी टोली पराजित भएको छ । क्यान-११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभर पूरै खेल्दै नौ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो ।

भुटानका लागि नाम्गे थिन्लेले सर्वाधिक २९ रन बनाए । उनले ४४ बलमा पाँच चौका प्रहार गरे । सोनाम चोपेलले १७ बलमा दुई चौका र एक छक्कासहित १९ रन बनाए । थिन्ले जाम्त्सोले १४ बलमा दुई छक्काको मद्दतमा १९ रन जोडे । क्यान-११ का बलरमध्ये विपीन शर्माले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । विपीन खत्रीले चार ओभरमा २० रन दिएर दुई तथा युवराज खत्रीले दुई र दयानन्द मण्डलले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको क्यान-११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । क्यान-११ का कप्तान विपिन खत्रीले ३६ बलमा पाँच चौका र चार छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भए ।

ओपनर अर्जुन कुमालले २१ बलमा दुई चौका र एक छक्का सहित २५ रन बनाए । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार भुटानी टोलीले अभ्यास खेलअन्तर्गत शुक्रबार अन्तिम खेलमा क्यान-११ सँग खेल्नेछ ।

यही अक्टोबर ३ तारिखदेखि मलेसियामा आइसीसी ‘मेन्स टी-२०’ विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ प्रतियोगिता सुरु हुँदैछ । सोही प्रतियोगितामा सहभागी भुटानले अभ्यास र तयारीका लागि पोखराको मैदानलाई रोजेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय