१६ असोज, काठमाडौं । संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले शुक्रबार राति १२ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बर्खे अधिवेशन अन्त्य हुने जानकारी दिए । यस वर्षको बर्खे अधिवेशन गत २८ वैशाखबाट सुरु भएको थियो । चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानुन पनि बनेका छन् ।






