FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१७ असोज, इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका बिभिन्न स्थानमा बसोबास गर्ने मैथली तथा थारू समुदायका महिलाको महान् एवम पवित्र पर्व ‘जितिया’ (जीवितवाहन व्रत) श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ ।

सन्तानको सुख, शान्ति, दीर्घायु तथा प्रगतिको कामनासहित पुत्र प्राप्त गरेका आमाहरूले कठोर व्रत निष्ठापूर्वक पालना गरिरहेका छन् ।

पञ्चमीदेखि सप्तमी तिथिसम्म मनाइने यस पर्वको पहिलो दिन महिलाहरूले नदी, तलाउ वा पोखरीमा स्नान गरी पवित्र भई ‘नहाय–खाय’ विधि सम्पन्न गरेका छन् ।

त्यसैगरी अर्कोदिन बिहान औटघन गरेर पर्वको मुख्य दिन शनिबार महिलाले दिनभर निराहार र निर्जल ९पानी समेत नपिई० कठोर व्रत बसेका छन् । व्रतको अन्तिम दिन आइतवार पारण गरी पर्व सम्पन्न हुनेछ ।

सुनसरीको इनरुवा, हरिनगर, भुटाहा, देवागञ्ज, कोसी गाउँपालिका लगायत जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा जितिया पर्वको विशेष रौनक छाएको छ ।

जितिया पर्वको अवसरमा जिल्लाका बिभिन्न स्थानमा माटोको कलात्मक मुर्ति निर्माण गरेर जिवुतवाहनको पूजा गर्नुका साथै ब्रत बस्ने आमाहरुले डाली भरेका छन् । डाली भरेका आमाहरुले शनिबार बिभिन्न स्थानमा जिबुतवाहन देवतासहित अन्य देबी देवताको निर्माण गरेको माटोको कलात्मक मुर्तिमा पूजापाठ गर्नुका साथै कथा समेत श्रवण गरेका छन् ।

पर्वको अवसरमा स्थानीय बजारमा पूजाका सामग्री, फलफूल, नयाँ वस्त्र तथा ‘झिञ्जिया’ लगायतका सांस्कृतिक वस्तुको किनमेल गर्नेको भीड लागेको छ ।

मिथिलाञ्चलका गाउँघरमा पारम्परिक जितिया गीत र नाचगानले सम्पूर्ण वातावरणलाई सांस्कृतिक रूपले उल्लासपूर्ण बनाएको छ ।

हिन्दू पौराणिक कथा अनुसार राजा जितवाहनको नामबाट प्रख्यात भएको यो व्रतले सन्तान माथि आइपर्ने संकट टार्ने जनविश्वास रहिआएको छ । यस पर्वले पारिवारिक सद्भाव, आपसी एकता र सांस्कृतिक जगेर्नामा विशेष योगदान पुर्‍याउँदै आएको छ ।

विशेषगरी थारू, मैथिल तथा अन्य समुदायका महिलाले जितिया पर्वका अवसरमा परम्परागत विधिअनुसार व्रत बसेर पूजा–आराधना गर्ने गरेका छन् । पर्वका अवसरमा जिल्लाका बिभिन्न स्थानमा मेला समेत लागेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय