FLASH NEWS
सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको के हो? प्रकार, महत्व र काम गर्ने तरिका । प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट । नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन । अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह । एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित । प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीमा । सकियो एनपीएल–३ : यस्ता छन् रोचक तथ्य,रेकर्ड र पुरस्कार । ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ? । कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख । आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने । प्रधानमन्त्री शाह आज भारतको भ्रमणमा जादै ।

१८ असोज, काठमाडौं । एप्पलले आफ्नो फोल्डेबल आईफोन डुओको भित्री डिस्प्लेमा प्रयोग गरिएको कभर लेयर बिग्रिएमा वा घिसिएमा प्रतिस्थापन गर्न सकिने जनाएको छ । एप्पलकी हार्डवेयर इन्जिनियरिङ उपाध्यक्ष केट बर्जेरोनले कभर लेयर हटाएर नयाँ तह राख्न सकिने जानकारी दिएकी हुन् ।

यो तहले फोल्डेबल डिस्प्लेको बीचमा देखिने क्रिजलाई कम देखाउन मद्दत गर्छ । एप्पलका अनुसार कभर लेयर लामो समयसम्म राम्रो अवस्थामा रहोस् भनेर कम्पनीले उल्लेख्य इन्जिनियरिङ कार्य गरेको छ । तर, लामो समयको प्रयोगपछि तह घिसिएमा वा डिस्प्लेको क्रिज बढी देखिन थालेमा ग्राहकले नयाँ कभर लेयर राख्न सक्नेछन् ।

अमेरिकामा एप्पलकेयर प्लस भएका ग्राहकका लागि यसको प्रतिस्थापन शुल्क १९ अमेरिकी डलर तोकिएको छ । एप्पलकेयर प्लस नभएका ग्राहकका लागि भने एप्पलले शुल्क सार्वजनिक गरेको छैन ।

कभर लेयर प्रतिस्थापन एप्पल स्टोर तथा आधिकारिक सेवा प्रदायकमार्फत हुने सम्भावना छ । प्रयोगकर्ताले आफैं उक्त तह हटाएर नयाँ राख्न पाउने वा नपाउने विषयमा भने कम्पनीले स्पष्ट गरेको छैन । आईफोन डुओको प्रि–अर्डर अक्टोबर १६ देखि सुरु हुने र अक्टोबर २३ देखि बजारमा उपलब्ध हुनेछ । एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय