FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा चाङ खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेहरूमा सर्लाहीको गौडेता नगरपालिका–७ रामवन बस्ने ५० वर्षीय फिताई मन्सुर, गौडेता नगरपालिका–९ बस्ने ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुर बस्ने ३५ वर्षीय अंगद कुमार रहेका छन् ।

प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि पुर्‍याइएका उनीहरूलाई चिकित्सकले क्रमशः साँझ ७ः१५, ६ः५६ र ६ः४७ बजे मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको हो ।

घटनामा सर्लाही मलंगवा नगरपालिका–७ बस्ने ३२ वर्षीय तुलसी महतो र सोही स्थानका ५२ वर्षीय सत्य नारायण महतो घाइते भएका छन् । तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्य नारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्रहरीले साँझ करिब ६ः३० बजे स्थानीयमार्फत पाएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोलीले तत्काल घाइतेहरूको उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा सर्लाही पठाएको थियो ।

घटनास्थल इलाका प्रहरी कार्यालय हरिपुरबाट करिब ५ किलोमिटर दक्षिण पूर्वमा पर्छ ।

प्रहरीका अनुसार, इँटा उद्योगका साहु कौडेना बजार बस्ने वीरेन्द्र चौधरी हुन् । हाल घटनास्थलमा जेसीबी प्रयोग गरी इँटा र माटो पन्छ्याउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय