FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै यशश्वी जैसवालले ४३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्शको ९६, जोश इङलिशको ६० र कप्तान ऋषव पन्तको ३५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो ।

यो जितपछि राजस्थानको १३ खेलमा १४ अंक भएको छ र प्लेअफको नजिक पुगेको छ । अब राजस्थानले आफ्नो अन्तिम खेल जितेमा प्लेअफमा पुग्ने छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

राजस्थानले अब अर्को खेल आइतबार मुम्बई इण्डियन्सविरुद्ध खेल्दै छ । त्यस्तै लखनउको भने यो यस सिजनमा नवौँ हार हो । १३ खेलमा केवल ८ अङ्कसहित लखनउ पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय