FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न १५ दिने  सूचना जारी गरेको छ । महानगरले मङ्गलवार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न सूचना जारी गरेको हो ।

सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरूपण (कार्यविधि0 ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने सूचनामा उल्लेख छ ।

‘निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएकाले ग्यालेक्सी फोर केमा भएका सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकाले यो सूचना प्रकाशन गरिएको छ,’ अन्तिम पटकका लागि भन्दै जारी सूचनामा लेखिएको छ ।

२८ साउन २०८२ मा उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनेर महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो । अदालतको आदेशबमोजिम १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटिएर निर्णय कार्यान्वयन गरिएको सूचनामा उल्लेख छ ।

त्यसअघि मिश्रले भाडा असुल उपर गरी घर जग्गा खाली गराइदिन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु
(जीबी) राईको नाममा महानगरपालिको न्यायिक समितिमा मुद्दा हालेका थिए ।

समितिले १४ कात्तिक २०८१ मा माग दाबीबमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गासमेत खाली गराइदिने ठहर्ने निर्णय गरेको थियो ।

जीबी राईले सहकारी संस्थाका रकम अपचलन गरी गोरखा मिडिया प्रालिबाट सन्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका थिए । जीबीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति रवि लामिछानेले समेत सहकारी संस्थाको रकम अपचलनको मुद्दा खेपिरहेका छन् ।  जीबी भने हाल फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय