FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्रता दिएको छ । परीक्षा सकिएको दुई साता मात्रै भएको छ । यसबिचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित ५० प्रतिशतभन्दा धेरै काम सकिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सकिइसकेको छ ।

परीक्षण भइसकेको उत्तरपुस्तिकाको प्राप्ताङ्क सम्परीक्षणसमेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने कामसमेत सकिएको छ । जुन जुन विषयको उत्तरपुस्तिका परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण पनि तत्कालै सुरु गर्ने र सम्परीक्षण सकिनेबित्तिकै प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले जानकारी दिनुभयो ।

नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो । मुलुकभरका विभिन्न ४२ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । नियन्त्रक शर्माले भन्नुभयो, “नतिजा प्रकाशनको काम परीक्षा सकिएको ४५ दिनभन्दा पर पुग्दैन । सकेसम्म त्योभन्दा पनि छिटो प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ ।”

परीक्षामा मुलुकभरबाट चार लाख १८ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सकिएको २९ दिनमै प्रकाशन गरेको थियो । जुन एसइईको इतिहासमै सबैभन्दा छोटो समयमा नतिजा प्रकाशन भएको हो । यसअघि एसइई र कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन हुन सामान्यतया परीक्षा सकिएपछि तीन महिना लाग्ने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय