वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो ।
अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै ४ जनाबाट ३९ लाख ५८ हजार, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर ३ जनाबाट १३ लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट १९ लाख, तुलसाले अमेरिका पठाउने भनेर एक जना पीडितबाट १० लाख, कृष्णप्रसादले दुबइको लोभ दोखाएर एक जनाबाट १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ठगेका थिए ।






