FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रिक्त रहेका नेपालको राजदूत पदका लागि खुला आवेदन तथा सिफारिस आह्वान गरेको छ।

मन्त्रालयले योग्य, अनुभवी तथा इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गर्दै कूटनीतिक क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रक्रिया अघि बढाएको जनाएको छ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले स्वयं दरखास्त दिन सक्नेछन् भने कुनै पनि व्यक्ति वा संस्थाले योग्य व्यक्तिको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार मन्त्रालयको वेबसाइटमा उपलब्ध कार्यशर्त (टीओआर) बमोजिम योग्यता पुगेका उम्मेदवारहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन वा सिफारिस गर्दा विस्तृत व्यक्तिगत विवरण (बायोडाटा) सहित आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

मन्त्रालयले तोकेको आधिकारिक फारममार्फत आवेदन दिन सकिनेछ भने आवश्यक विवरण इमेलमार्फत पनि पठाउन सकिने जनाइएको छ।

दरखास्त तथा सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ बजेसम्म तोकिएको छ। निर्धारित समयपछि प्राप्त हुने वा अपूर्ण आवेदनलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय