FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दररेट अनुसार आज सुन र चाँदीको भाउ अघिल्लो दिनको तुलनामा घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस आधारमा आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले कमी आएको छ। यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६६ हजार ७२० रुपैयाँ तोकिएको छ।

यसैगरी चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ३७० रुपैयाँ रहेको थियो ।

जसको तुलनामा आज प्रतितोला ८५ रुपैयाँले मूल्य घटेको हो। १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ५३१ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय