FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाल राष्ट्र बैंकले आज (असार ३ गते) देखि ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साबिककै आकार र रङ्गमा केही नयाँ विशेषताहरू थप गरी नयाँ नोट बजारमा पठाएको जानकारी दिएको हो।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको अगाडि भागमा ३.५ मि.मि. चौडा भएको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्ग देखिन्छ। त्यसैगरी, सगरमाथाको चित्रको दायाँतर्फ रहेको कुबेरको चित्र पनि सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने बनाइएको छ।

दृष्टिविहीन व्यक्तिहरूले स्पर्श गरेर नोटको दर पहिचान गर्न सकुन् भन्ने उद्देश्यले नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन्।

नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। नोटको अगाडिको तल्लो खण्डमा वि.सं. २०८२ र पछाडिको तल्लो खण्डमा २०२५ ए.डी. सिरिज नम्बर उल्लेख गरिएको छ।

नोटको अगाडिको भागमा सगरमाथा हिमालको चित्र रहेको छ भने पछाडिको भागमा पाटेबाघको चित्र रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो नोट झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्मको प्रिफिक्समा उपलब्ध हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय