FLASH NEWS
अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह । कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला । तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी । तोलामा १४०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर ।

२५ असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बूढीगण्डकी नदीको बाढीले बगाएको बताइएको छ । घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय प्रशासनको समन्वयमा उद्धार, राहत र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसमेत परिचालन गरिएको छ ।

नदीको बहाव बढिरहेको अवस्थामा नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा जान र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई धैर्य राख्न, सतर्क रहन र आफ्नो सुरक्षालाई प्राथमिकता दिन मन्त्रालयले अनुरोध गरेको छ । आपत्कालीन अवस्थामा आवश्यक सहयोगका लागि गृह मन्त्रालयको हेल्पलाइन १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय