FLASH NEWS
अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह । कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला । तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी । तोलामा १४०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर ।

२६ असोज, काठमाडौं । असोज १६ गतेबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’को व्यापार न्यून देखिएको छ ।

चलचित्र विकास बोर्डले असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट सार्वजनिक गरेको हो ।

रिपोर्टका अनुसार ‘चमेलीको पोई’ ले पहिलो साता ५ लाख ५० हजार २ सय १० रुपैयाँ मात्र कमाउन सफल भएको छ । यो अवधिमा फिल्मको टिकट १ हजार ७४८ बिकेको छ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा कलाकार नारायण त्रिपाठीका अलवा सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई लगायतको अभिनय छ । फिल्म गत १६ गते शुक्रबार देखि प्रदर्शनमा आएको थियो ।

त्यस्तै ‘चमेलीको पोई’ सँगै प्रदर्शनमा आएको फिल्म ‘चंगुल’को व्यवसाय झन् निराशाजनक छ । फिल्मले पहिलो साता १ लाख ३८ हजार ३ सय ८० रुपैयाँ कमाएको छ । फिल्मको ४२५ वटा मात्र टिकट बिक्री भएका छन् । राम गौतमको निर्देशन रहेको फिल्ममा रवि कार्की, लय सङ्ग्रौला, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय