FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) की केन्द्रीय सदस्य सावित्रा क्षेत्रीले पार्टीको केन्द्रीय सदस्य पदसहित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् ।

क्षेत्रीले २०८३ साल कात्तिक ९ गतेदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको पत्र केन्द्रीय कार्यालयमा बुझाएकी हुन् ।

पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उनले आफ्नो निर्णय कुनै आवेग, व्यक्तिगत प्रतिशोध वा कसैको दबाबमा नभई लामो राजनीतिक अनुभव, गहन आत्ममन्थन र वैचारिक स्पष्टताका आधारमा स्वतन्त्र रूपमा लिएको उल्लेख गरेकी छन् ।

उनले पार्टीमा आबद्ध रहँदा सहकार्य गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गरेकी छन् । साथै, आफ्नो राजनीतिक यात्रासम्बन्धी धारणा, निर्णय वा आगामी कदमलाई भ्रम तथा अपुष्ट आरोपका आधारमा व्याख्या नगर्न पनि उनले आग्रह गरेकी छन् ।

प्रचलित पार्टी विधान तथा आवश्यक प्रक्रियाबमोजिम आफ्नो राजीनामा स्वीकृत गरी आधिकारिक अभिलेखमा समावेश गरिदिन उनले अनुरोध गरेकी छन् ।

क्षेत्रीले राजीनामा दिनुको ठोस कारण भने पत्रमा खुलाएकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय