FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

१३ कात्तिक, काठमाडौं ।अनलाइन समाचार पोर्टल ‘नेपाल प्रेस’को कार्यालयभित्रै प्रवेश गरी प्रहरीले नियन्त्रणमा लिएका पत्रकार विश्वमणि सुवेदी साढे तीन घण्टापछि रिहा भएका छन्।

पत्रकार पक्राउको घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चासो व्यक्त गर्दै नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारगृहमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। सोही निर्देशनपछि सुवेदी रिहा भएका हुन्।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन्।

दाहालद्वारा जारी जानकारीमा घटनाबारे प्रधानमन्त्री कार्यालयलाई पूर्वजानकारीसमेत नभएको उल्लेख छ। उनका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचारकक्षभित्र प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका हुन्।

शुक्रबार प्रहरीले ‘नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदी र ‘मोटिभेट न्युज’का पत्रकार शोभराज बराललाई पक्राउ गरेको थियो । त्यस्तै, ‘नयाँ पत्रिका’का पत्रकार नवराज मैनाली र ‘दियो पोस्ट’का सम्पादक सुदीप विश्वकर्मालाई खोज्दै सादा पोसाकका प्रहरी उनीहरूको कार्यालयमा पुगेको बताइएको छ।

सञ्चारगृहभित्रै प्रवेश गरी पत्रकार पक्राउ गर्ने तथा अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिको चौतर्फी विरोध भइरहेको छ। घटनालाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै आलोचना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय