१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ को नेतृत्वमा श्रृजना मल्ललाई अघि सारेको छ। देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा। शशांक कोइरालाले मल्ललाई अध्यक्षमा मनोनीत गरेका हुन्।
नवनियुक्त अध्यक्ष मल्ललाई कांग्रेसका स्थापित मूल्यमान्यता आत्मसात् गर्दै आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। मल्ल यसअघि दुजाङ शेर्पा नेतृत्वको नेविसंघ केन्द्रीय समितिमा केन्द्रीय सदस्यका रूपमा कार्यरत थिइन्।









