FLASH NEWS
सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको के हो? प्रकार, महत्व र काम गर्ने तरिका । प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट । नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन । अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह । एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित । प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीमा । सकियो एनपीएल–३ : यस्ता छन् रोचक तथ्य,रेकर्ड र पुरस्कार । ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ? । कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख । आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने । प्रधानमन्त्री शाह आज भारतको भ्रमणमा जादै ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा सञ्चालित आठ हप्ता समयावधिको डेटा ड्रिभन जर्नालिज्म (तथ्याङ्क पत्रकारिता) तालिमको आज आयोजित समापन समारोहमा उनले तथ्यपरक पत्रकारिता यथार्थपरक हुने बताए ।

“अबको युग भनाइको होइन, तथ्य र प्रमाणको हो । तथ्याङ्कले कहिल्यै झुट बोल्दैन”, उनले भने “जब एउटा पत्रकारले सरकारका रातो किताब, महालेखाका प्रतिवेदन र विकासका अङ्कहरूलाई केलाएर समाचार लेख्छ, तब मात्र समाजको वास्तविक चित्र छर्लङ्ग हुन्छ । यो तालिमले सञ्चारकर्मीलाई भनाइबाट तथ्य तिर डो¥याउने एउटा महत्त्वपूर्ण प्रस्थान विन्दुको काम गरेको छ ।”

तालिमबाट दीक्षित भएका १८ जना पत्रकारहरू अब गण्डकी प्रदेशका लागि डेटा फोकल पर्सन भएको उल्लेख गर्दै उनले भने “उनीहरूले अब न्युजरुममा गएर कसले के भन्यो भन्दा पनि अङ्कले के देखायो भन्ने तथ्यमा आधारित पत्रकारिता गर्नेछन् ।”

प्रेस रजिष्ट्रारको कार्यालय केवल सञ्चार माध्यमलाई अनुगमन गर्ने वा नियमन गर्ने निकाय मात्र नभै समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको क्षमता विकास गर्ने एउटा अभिभावक संस्था भएको उनको भनाइ छ । गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले नतिजामुखी क्षमता अभिबृद्धिका तालिम प्राथमिकतामा राखिने बताए ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न सरकार समक्ष आग्रह गरे । प्रमुख प्रशिक्षक उमेश श्रेष्ठ, प्रशिक्षार्थीहरू श्रीधर उपाध्याय, खिमा गुरुङ, प्रकाश ढकाल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय