FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रिय कार्यालय वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले बदलिँदो समय र युवा पुस्ताको चाहना अनुरूप संविधानलाई गति दिनुपर्ने बताएका हुन् । उपसभापति शर्माले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षाहरूलाई सही ढङ्गले निरूपण गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिए ।

संविधान संशोधनको विषयलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको तर्क छ । आवेग र आग्रहबाट मुक्त भएर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाली काँग्रेसले संविधान संशोधन र समसामयिक राजनीतिक विषयमा गृहकार्य गर्न उपसभापति पुष्पा भुसालको नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी समेत शर्माले दिइन् । उनले यस प्रक्रियामा पार्टीभित्र र बाहिरका सबै बौद्धिक व्यक्तित्व, आलोचक तथा आम नागरिकको रचनात्मक सुझावको अपेक्षा गरिएको बताए ।

उनले भने, “अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको स्थिति भयावह हुनसक्छ । अहिलेको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन । हामी फेरि आमाहरूको काख रित्तिएको र सिंहदरबार जलेको दृश्य हेर्न चाहँदैनौँ ।”

आजको युवा पुस्ताको मुख्य चाहना ‘लोकतन्त्र र विकास’ (डी एन्ड डी – डेमोक्रेसी एन्ड डेभलपमेन्ट) रहेको उल्लेख गर्दै उपसभापति शर्माले लोकतान्त्रिक ढाँचाभित्रै रहेर यी दुवै लक्ष्य हासिल गर्न काँग्रेस प्रतिवद्ध रहेको स्पष्ट पारे । देश सबैको साझा आँगन भएको उल्लेख गर्दै उहाँले सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय