FLASH NEWS
संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएको छ ।

सोमवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै काँग्रेसकी प्रमुख सचेतक बासना थापाले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती अझै कायम रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारलाई प्रभावकारी पहल गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार रोजगारी सिर्जना, कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

थापाले स्वास्थ्य, शिक्षा र पोषण क्षेत्रमा कटौती होइन, प्रभावकारी लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले यी तीन क्षेत्रलाई एउटै विकास सूचकसँग जोडेर अघि बढाउन सरकारलाई सुझाव दिनुभयो ।

उहाँले अर्थतन्त्रका प्रमुख चुनौतीहरू यथावत रहेको उल्लेख गर्दै कमजोर पूँजीगत खर्च, निजी क्षेत्रको निरुत्साह, अस्वाभाविक मूल्यवृद्धि, युवा पलायन, कृषि परनिर्भरता र जटिल सार्वजनिक सेवा प्रवाहप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काँग्रेसले आगामी बजेटले यी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने स्पष्ट दृष्टिकोण राखेको पनि उहाँले बताउनुभयो । साथै, रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई बजेटमा प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय