FLASH NEWS
वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने ।

मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार वीरगन्जबाट पक्राउ गरेको छ।

मंगलबार वीरगन्जमा आयोजना हुन लागेको एक कार्यक्रमका लागि त्यहाँ पुगेका प्रसाईंलाई एक होटलबाट जरुरी पक्राउ पुर्जी दिई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार प्रसाईंलाई केही विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो। यद्यपि सोधपुछको विस्तृत विषय भने प्रहरीले खुलाएको छैन।

प्रसाईं नेतृत्वको महाअभियानले मंगलबारका लागि वीरगन्जमा कार्यक्रम तय गरेको थियो। विवादास्पद अभिव्यक्तिका कारण विवादमा आइरहने प्रसाईं बेलाबेलामा पक्राउ पर्ने र हरेक पटक अदालती प्रक्रियामार्फत रिहा हुँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय