FLASH NEWS
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा । लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति । नेप्सेमा १५ अंकको सुधार, ५ अर्ब ५५ करोडको कारोबार । ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ ।

सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागू गरिएको
मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ भने कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ । पद तथा अधिकारको दुरुपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत९साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ ।

आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था समेत स्पष्ट गरेको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ। साथै सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय