FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेश कुमार सिंहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता आफूले स्वीकार नगर्ने बताएका छन् ।

प्रतिनिधि सभामा मङ्गलवार छलफलमा भाग लिँदै बजेटका सिद्धान्त र प्राथमिकतामा मधेशलाई उपेक्षा गरिएको भन्दै त्यसलाई आफूले स्वीकार नगर्ने बताएका हुन् । सांसद सिंहले बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित रहेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले आफ्नो २० बर्षे संसद्को कार्यकालमा अर्थमन्त्री नहुँदा छलफल चलिरहेको पहिलो पटक देखेको भन्दै नयाँको नाममा सबै कुरा भत्काउन नहुने बताए ।

उनले परिवर्तन गर्ने नाममा सबै परम्परा र थिति परिवर्तन नहुने भन्दै अर्थमन्त्रीको उपस्थिति बिना बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफल हुन नसक्ने जिकिर गरे ।

साथै उनले सरकारले बजेटका सिद्धान्त र प्राथमिकतामा मधेशलाई उपेक्षा गरेको आरोप लगाउँदै मधेश विस्फोटको अवस्थामा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय