FLASH NEWS
ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै ।

लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक बिहीबार बिहान १ बजे बस्ने भएको छ ।

प्रदेश सभामुखको निर्देशनअनुसार बैठक बस्न लागेको भन्दै प्रदेश सभा सचिवालयले सूचना जारी गरेको हो ।

प्रदेश सभा सचिवालयद्वारा बुधबार जारी सूचनाअनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशन गरिएको जनाएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा हस्ताक्षरित सूचनामा बैठक राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश सभा भवनमा बस्ने उल्लेख गरिएको छ ।

बैठकमा मुख्य रूपमा आगामी बजेटसम्बन्धी छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय