FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।

गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी पार्टी नेपालका सांसदहरुले फ्लर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गरेका थिए । विश्वासको मतका लिन नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ ।

कांग्रेस, जसपा नेपाल, लोसपा, नेकपा वीचमा मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो । जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएसँगै एकीकृत दलले जसपाले विश्वासको मत दिन आनाकानी गरेको थियो ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवले विश्वासको मत पाउने/नपाउने अनिश्चित बनेपछि केन्द्रीय तहमा कांग्रेस र एमालेको वीचमा संवाद भएको थियो । कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले फरक फरक समयमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सातै प्रदेशका सरकार बारे छलफल गरेका थिए ।

दुई दलमा भएको प्रारम्भिक सहमति अनुसार मधेसमा एमालेका सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन् । केन्द्रीय तहमा भएको सहमति अनुसार मधेसका कांग्रेसका एक नेताले भने,‘मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहन्छ । कृष्ण यादवले विश्वासको मत पाउनुहुन्छ ।’

कांग्रेस र एमाले वीचमा भएको सहमति बारे बुधबार साँझ सभापति थापा र उपसभापति शर्माले मधेसका नेता एवं सांसदहरुसँग छलफल गर्ने भएका छन् । कांग्रेसले महोत्तरीको बर्दिवास आजदेखि सुरु गरेको दुईदिने कार्यक्रमका लागि शीर्ष नेताहरु मधेसमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय