घुस लिएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतको आदेशपछि ५० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गरिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालत काठमाडौँको पुर्पक्षका लागि थुनामा राख्ने अघिल्लो आदेशलाई मिलेको नदेखिएको भन्दै बदर गरिदिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता सामान्य प्रशासनमन्त्री हुँदा मालपोत कार्यालय कास्कीको सरुवा थमौती र भूमिसम्बन्धी आयोगको अध्यक्ष नियुक्ति दिलाउन घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले गुप्तालाई नगद वा बैंक ग्यारेन्टी लिएर तारेखमा राख्न भन्दै अन्य तीन प्रतिवादीको हकमा भने विशेष अदालतको धरौटी आदेशलाई नै सदर गरेको छ ।






