FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बस्दैछ । कार्यालयका सचिव डा. भीष्म अधिकारीलेका अनुसार आजको बैठकमा बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा छ ।

गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी छ । आज प्रदेश इन्चार्जको जिम्मेवारी बाँडफाँड हुनेछ ।र

एमाले स्रोतका अनुसार कोशीमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा महेस बस्नेत, उपत्याकामा राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल काँडेल र सुदूरपश्चिममा दामोदर भण्डारीलाई प्रदेश ईन्चर्ज प्रस्ताव गरिएको छ । यदपी कोशीमा हिक्मत कार्की, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा कर्ण थापा र गणेश ठगुन्नाको पनि दाबी रहेको छ ।

तीन दिनअघि बसेको बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । त्यसलाई आज अन्तिम रूप दिने बताइएको छ । त्यसदिन सचिवालयले पूर्व राष्ट्रकति विद्यादेवी भण्डारीको होल्डमा राखिएको सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो ।

आज प्रदेश ईन्चार्जसँगै जिल्ला र जनबर्गीय संगठन ईन्चार्ज पनि टुग्याउने कार्यसूची रहेको छ । त्यस्तै पार्टीको केन्द्रीय विभाग र फाँट प्रमुखको जिम्मेवारी समेत तोकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय