FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरेको हो ।

प्रसाईंलाई जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो । अदालतमा उपस्थित गराउँदा उनका समर्थकहरूले अदालत परिसर बाहिर नाराबाजीसमेत गरेका थिए ।

प्रहरीले विभिन्न युट्युब अन्तर्वार्ता र वीरगन्जमा दिएका सार्वजनिक अभिव्यक्तिलाई अनुसन्धानको आधार बनाएको जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको, सेना र प्रहरीजस्ता राज्य निकायमाथि अशोभनीय टिप्पणी गरेको आरोप छ ।

एक युट्युब अन्तर्वार्तामा उनले प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै समूहले सञ्चालन गरिरहेको दाबी गरेका थिए । साथै हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको प्रसंगमा पनि विवादास्पद अभिव्यक्ति दिएका थिए ।

त्यसैगरी नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको छ ।पार, लगानी, जलवायु कार्य र विकास सहकार्यका नयाँ अवसर खोज्न भ्रमण केन्द्रित रहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय