FLASH NEWS
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा । लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति । नेप्सेमा १५ अंकको सुधार, ५ अर्ब ५५ करोडको कारोबार । ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला अदालत पर्साले मंगलबार ३५ दिने पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

नगर प्रमुख सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको आरोप लागेको छ ।

अभियोगपत्र अनुसार नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै २०७१ माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय पर्साले गत जेठ १ गते चारवटा अलग–अलग मुद्दा दर्ता गरेको थियो । तीमध्ये दुईवटा लिखत सम्बन्धी कसुर, एउटा झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा अर्को राहदानीसम्बन्धी कसुर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय