प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले बैठक बहिष्कार गरेका छन् ।
साम्पाङले प्रधानमन्त्रीको जवाफ माग्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए ।
सभामुखले यस विषयमा अघिल्लो दिन पनि छलफल भएको जानकारी दिए ।
तर, प्रधानमन्त्रीको उपस्थिति वा जवाफ अनिवार्य भएको भन्दै साम्पाङले आफूलाई बैठकबाट निकाल्नुपर्ने अडान राखे ।
नियमावलीअनुसार प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको उनको भनाइ थियो ।
केहीबेरको भनाभनपछि उनी बैठक कक्षबाट बाहिरिएका थिए ।






