प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन,’ रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच मंगलबार सिंहदरबारमा चार घण्टा लामो भेटवार्ता भएको छ ।
आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकता र आवश्यक संशोधनबारे उनीहरूबीच छलफल भएको बताइएको छ ।
जेठ १५ गते प्रस्तुत हुने बजेटमा समावेश गर्नुपर्ने विषय र सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको स्रोतले जनाएको छ ।
रास्वपा नेतृत्वको सरकारको पहिलो बजेट भएकाले यसले दिने सन्देशबारे पनि तीन नेताबीच गम्भीर छलफल भएको बताइएको छ ।






