FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

जनता समाजवादी पार्टी नेपालले विभिन्न दलसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ । वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो ।

हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता सम्पन्न भइसकेको छ । दुई पार्टीबिच समायोजन प्रक्रिया पनि अगाडि बढिसकेको छ । सो पार्टीले समायोजनका लागि विभिन्न कार्यदल गठन गरेको तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।

उक्त पार्टीले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीसँग एकताका लागि छलफल पनि जारी राखेको छ । जसपा नेपालका केन्द्रीय सदस्य डा.सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँग एकताको कुरा सकारात्मक रूपमा अगाडि बढेको छ ।

एकताको विषयमा अध्यक्ष तहमै कुराकानी भएको बताउँदै उनले अन्य नेताहरूको बिचमा कुराकानी चलिरहेको बताए । एकताका लागि दुवै दल सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय