FLASH NEWS
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले प्रश्न उठाएका छन् । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको भए त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरेकी हुन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कुन–कुन भूभाग अतिक्रमण गरेको छ, त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। किनकि आजसम्म म लगायत अधिकांश नेपालीले भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्ने तथ्य मात्र सुन्दै र बुझ्दै आएका थियौँ । तर प्रतिनिधिसभामा यहाँले व्यक्त गर्नुभएको धारणापछि नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ भन्ने बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ।’

तामाङले नेपालले भारतको कुन भूभाग कहिले र कसरी अतिक्रमण गरेको हो, त्यसका प्रमाणसहित तथ्य सार्वजनिक गरिदिनुहुन अनुरोध गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय