विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ।
नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने अभिव्यक्ति संसदमा दिएर राष्ट्रहितविपरीत काम गरेको आरोप लगाउँदै एमालेले प्रधानमन्त्री शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको कडा भर्त्सना समेत गरिएको छ ।








