FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोग तथा राष्ट्रिय महाधिवेशन निर्वाचन समिति परिचालन गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगको नेतृत्व भुवन केसीले गरिरहेका छन् । आयोगमा डा. राम गुरुङ उपप्रमुख रहेका छन् भने कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपी दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली सदस्य रहेका छन् ।

 

महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया, उम्मेदवारी व्यवस्थापन, मतदाता सूची प्रकाशन, मतदान तथा मतगणनालगायत सम्पूर्ण निर्वाचन कार्यको जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगले सम्हालिरहेको छ ।

यस्तै, महाधिवेशनको निर्वाचन व्यवस्थापनलाई सहयोग गर्न गठन गरिएको राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३ मा विरेन्द्र केएम (कुमार मेहता), गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भुपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्य रहेका छन् ।

निर्वाचन प्रक्रियालाई प्राविधिक तथा प्रशासनिक रूपमा सहजीकरण गर्न शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्रकुमार श्रेष्ठ र मुकेश झा निर्वाचन कर्मचारीका रूपमा खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय