FLASH NEWS
वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह ।

११ मङ्सिर, काठमाडौं । धार्मिक पर्यटनको क्षेत्रमा नयाँ अवधारणासहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा आएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं ६ मुसुरबारीमा धार्मिक होमस्टे सञ्चालनमा ल्याइएको हो ।

धार्मिक आस्थालाई स्थानीय संस्कृति, परम्परा र आतिथ्यतासँग जोड्दै पर्यटनको दायरा फराकिलो बनाउने उद्देश्यले गाउँपालिकाले धार्मिक होमस्टे सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

उनका अनुसार नेपालका विभिन्न स्थानमा ग्रामीण तथा सामुदायिक होमस्टे सञ्चालनमा रहे पनि धार्मिक अनुष्ठान, सात्विक भोजन र आध्यात्मिक वातावरणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो अवधारणा नेपालमै पहिलो हो ।

नवग्रह मन्दिर दर्शन तथा पूजाआजाका लागि आउने भक्तजन र पर्यटकले अब धाम क्षेत्रमा नै बसेर धार्मिक गतिविधिमा सहभागी हुन पाउनेछन् ।

होमस्टेमा स्थानीय कला, संस्कृति, परम्परा र स्थानीय उत्पादनमा आधारित अर्गानिक खानपानको अनुभवसमेत लिन सकिनेछ । होमस्टेमा बास बस्नुका साथै र शुद्व शाहाकारी खानाको प्रबन्ध मिलाईएको छ । जसको एक रातको ८ सय देखि १ हजार रुपियाँ तोकिएको छ ।

धार्मिक होमस्टे सञ्चालनले नवग्रह धाममा आउने श्रद्धालुलाई सहज रूपमा बसोबासको सुविधा उपलब्ध गराउनुका साथै स्थानीय बासिन्दाको आम्दानी बढाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष तिवारीको विश्वास छ । यसले धार्मिक पर्यटनलाई स्थानीय रोजगारी र आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले होमस्टे सञ्चालनका लागि कम्तीमा दुईवटा सफा पाहुना कोठा, व्यवस्थित शौचालय, स्थानीय उत्पादनमा आधारित अर्गानिक खाना, सात्विक भोजन र अनुशासित वातावरणको मापदण्ड निर्धारण गरेको छ । त्यसैगरी, साँझको समयमा भजन–कीर्तनमार्फत आध्यात्मिक वातावरण निर्माण गर्ने व्यवस्था पनि गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार स्थानीय सहभागितामा आधारित भएर नवग्रह क्षेत्रको विकास गर्ने योजनाअनुसार धार्मिक होमस्टे सञ्चालन गरिएको हो । यसले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत योगदान पु-याउनेछ ।

नेपालकै पहिलो नवग्रह मन्दिर रहेको पालिकामा होमस्टे नजिकै नवग्रहेश्वर महादेव तथा त्रिरिण–मुक्ति धाम समेत रहेको छ । नवग्रहेश्वर महादेव तथा त्रिरिण–मुक्ति धाम पछिल्लो समय धार्मिक पर्यटक र श्रद्धालुको आकर्षण बन्दै गएको छ ।

धार्मिक होमस्टे सञ्चालनसँगै अब नवग्रह धाम केवल दर्शन र पूजाआजाको गन्तव्यमा मात्र सीमित नरही बसोबास, आध्यात्मिक अनुभव र स्थानीय संस्कृतिको समेत अनुभव लिन सकिने धार्मिक पर्यटन केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ । अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शनका लागि भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय