FLASH NEWS
वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह ।

११ मङ्सिर, सिरहा । सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कार्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका करिब ५० वर्षीय महराको गोलबजार हेल्थकेयर सिरहामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका स्कार्पियो र चालकको खोजी गर्ने क्रममा प्रहरीले अनुसन्धानबाट सवारीसाधनको पहिचान गरेको थियो। त्यसपछि मंसिर १० गते बिहान करिब १०ः५० बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ बाह्रबिघामा बस्ने करिब ४२ वर्षीय बिहारी महरा रहेका छन् । प्रहरीले उनलाई बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कार्पियोसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चालक र स्कार्पियोलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय