FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मोरङको बेलबारी नगरपालिका–१ स्थित एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सोमबार दिउँसो करिब २ बजे मोहम्मद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा आगलागी भएको हो। टिनको बेरा र टिनको छानो भएको एकतले टहरामा सञ्चालन भइरहेको उद्योगमा अचानक आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणका लागि बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाका दमकलसमेत परिचालन गरिएको थियो। प्रहरी, दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीबाट सिरक–डसना बनाउने मेसिन, एक थान जेनेरेटर, रुवा बनाउने मेसिन, ठूलो परिमाणमा कच्चा तथा प्रशोधित रुवा, कपडा र तयारी सामग्री जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार घटनाबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगमा रहेका सिरक, डसना तथा अन्य सामग्रीहरू पूर्ण रूपमा नष्ट भए पनि मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय